नियम २५
पुन निर्देशन हुँदा थप महसुल लाग्ने व्यवस्था
साविक ठेगाना र नयाँ ठेगाना एउटै हुलाकको डेलिभरी क्षेत्रिय पर्ने भएको वा कसैले दावी नगरेकोमा वा बुझ्न मञ्जुर नगरेको पुलिन्दा प्रेषकको ठेगाना शुरू हुलाकको डेलिभरी एरियाभित्र परेकोमा बाहेक अन्य कारणबाट पुन निर्देशन हुने सबै पुलिन्दामा लाग्ने महसुलको थप आधा महसुल डेलिभरी गर्दा असुल गरिनेछ । आधा महसुल असुल गर्दा पूरा महसुलमा लागेको रजिष्टरी दस्तुर तथा बीमा दस्तुर बाहेकको आधा महसुल मात्र असुल गरिनेछ । तर ठेगानावाला वा ठेगानावालाको प्रतिनिधिले लिखित रूपमा सूचना नदिएसम्म यसरी पुन निर्देशन हुने छैन ।